२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

भक्तपुरमा एकै परिवारका ३ जना मृत फेला



काठमाडौं । भक्तपुरमा एकै घरका तीन जनाको शव फेला परेको छ ।

मध्यपुर थिमी नगरपालिका-९ निकोसेरामा एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो ।

प्रहरी स्रोतका अनुसार मध्यपुर थिमि नगरपालिका-९ निकोसेरास्थित निवासी ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव शुक्रबार साँझ घरमै फेला परेको हो ।

घरको दोश्रो तल्लामा कुकुर र सम्झनाको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिपको शव फेला परेको प्रहरी स्रोतले बताएको छ ।

आज करिब ४ बजे मृतकका भाइ सुनिलले आफू दाजुका घरमा आइपुग्दा तीन शव फेलापछि प्रहरीलाई खबर गरेका थिए ।

उनका अनुसार घरको पहिलो तलादेखि माथिका सबै तलाका ढोका चुकुल नलगाएको र अलिकति खुला अवस्थामा थिए ।

मृतकको घरसंँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका सदस्य बाहिर ननिस्किएको जानकारी दिए ।

तीन दिनअघिसम्म अधिकारी परिवारले किराना पसल खोलेको र दिउँसोदेखि बन्द रहेको जानकारी दिँदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने आफूलाई लागेको बताए ।

मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ८ : ३४ बजे

समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन

‘सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले

होलीमय मिथिला

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु

मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल

काठमाडौं । सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता