२८ मंसिर २०८२, आइतबार | December 14, 2025

उखु किसानले अझै पाएनन २४ करोड



सर्लाही । उखु किसानले उखु बिक्री गरेबापत करिब २४ करोड भुक्तानी नगरेको पाइएको छ ।

सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ ।

उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो ।

पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी शुरु गरे पनि अन्नपूर्ण चिनी मिलले दिएका छैनन् ।

पटकपटक सङ्घर्ष गर्दा पनि सो उद्योगले उखु बेचेका किसानको तीन÷चार वर्षदेखिको भुक्तानी भुक्तानी अझैसम्म नगरेको किसानको गुनासो छ ।

लामो समयसम्म बक्यौता रकम भुक्तानी नभएपछि अब आशा गर्न छाडेको धनकौल गाउँपालिका महिनाथपुरका किसान रामप्रताप महतोले बताए।

आफूहरु काठमाडौँ गएर धर्नामा बस्दा किसानको भुक्तानी दिलाउन केही चासो देखाए जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको उनको आरोप छ ।

विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध सरकारले जारी गरेको निषेधाज्ञाका कारण अन्य काम पनि रोकिएका छन् ।

उखुको भुक्तानी आउला र घर व्यवहार चलाउने भन्ने आश गरेका सो क्षेत्रका किसान अहिले निराश भएका छन् । विगतका वर्षको भुक्तानी दिन नसकेर गत वर्ष मुख्य सिजनमा पनि अन्नपूर्ण चिनी मिल सञ्चालन हुन सकेन् ।

जति प्रयास गर्दा पनि भुक्तानी नदिएर ती उद्योगले किसानलाई निराश बनाएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

अध्यक्ष मैनालीका अनुसार उद्योगले तीन÷चार वर्षदेखिको करिब रु २४ करोड रकम उखु उत्पादक किसानको भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  १ : २० बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%