२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नयाँ वर्षको अवसर पारी बुटवलको चाँदबारीचोकमा खुल्यो कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक



बुटवल । नव वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक प्रा.लि.ले सोमबारदेखि सेवा सुरु गरेको छ । बुटवल-६ चाँदबारी चोकस्थित नयाँ सञ्चालनमा आएको क्लिनिकले विभिन्न विशेषज्ञ सेवा तथा माइनर अपरेशन लगायतका सेवा उपलब्ध गराउने भएको छ ।

क्लिनिकको शुभारम्भ गर्दै बुटवल-६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले स्वास्थ्य सेवालाई आर्थिक लाभभन्दा बढी मानवीय सेवाको रुपमा लिएर काम गर्न आग्रह गरे । बुटवललाई स्वास्थ्यको हब बनाउनका लागि सरकारसँगै निजी लगानीकर्ताको पनि आवश्यक रहेको उल्लेख गरे । बुटवलको आर्थिक समृद्धिका लागि यस क्षेत्रलाई स्वास्थ्यको हबको रुपमा बिकास गर्नुको विकल्प नभएको उनले उल्लेख गरे ।

क्लिनिकका सञ्चालकद्वय रमेशकुमार श्रेष्ठ र वरिष्ठ कन्सल्ट्यान्ट जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा. संजय कुमारले गुणस्तरीय स्वास्थ्य सेवानै आफूहरुको पहिलो प्राथमिकता रहेको उल्लेख गरे । १ करोड बढी लगानी गरिी सञ्चालनमा ल्याइएको क्लिनिकमा जनरल सर्जरी तथा युरोलोजी सेवा र जनरज फिजिसियन सेवा उपलब्ध गराइने सञ्चालक श्रेष्ठले जानकारी दिए ।

जनरल सर्जरी तथा यूरोलोजी सेवातर्फ गाडागुठी हाइड्रोसिल, हर्निया, पीत्तथैलीको पत्थरी तथा एपेन्डिक्सको दूरविन विधिबाट उपचार, सिस्टोस्कोपी, प्रोस्टेटको उपचार, मृगौला, पिसाब नलि तथा पिसाब थैलीको लेजर प्रविधिबाट उपचार, पीसीएनएल, यूआरएस, आरआईआरएस तथा टीयूआरपी सेवा लगायत रहेका छन् । यसैगरी पाईल्स र फिस्टुलाको लेजर पद्धतीबाट उपचार गरिने सञ्चालक तथा वरिष्ठ कन्सल्ट्यान्ट डा. संजयले जानकारी दिए ।

जनरल फिजिसियनतर्फ नक, कान घाँटी रोग विशेषज्ञबाट उपचार, भिडियो एक्स रे, ईसीजी सेवा, आडजोर्नी तथा नसा सम्बन्धि विशेषज्ञ सेवा, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा तथा बच्चाको मुटुको भिडियो एक्स रे लगायतका सेवा उपलब्ध गराइने उनले बताए । क्लिनिकमा १० जना स्वास्थ्यकर्मी तथा विशेषज्ञ चिकित्सकहरुबाट सेवा उपलब्ध गराइने उनले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ३ : ३३ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई