२८ मंसिर २०८२, आइतबार | December 14, 2025

पार्टी स्कुल व्यवस्थित गर्न माओवादी केन्द्र र सीपीसीबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पाटी (सीपीसी)बीच पार्टीस्कुल संचालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चीनको छोङछिङ भ्रमणमा रहेको माओवादी केन्द्रको प्रतिनिधिमण्डलले आज सीपीसीको छोङछिङ नगर कमिटीसँग पार्टी स्कुल संचालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

समझदारीपत्रमा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य ओमप्रकाश पुन र सीपीसीको छोङछिङ पार्टी कमिटीअन्तर्गत रहेको ‘सीपीसी एडमिनिस्ट्रेशन इन्स्टिच्यूट’का प्रतिनिधि वाङ ताङलिङले हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा र सीपीसीको नेपाल र भारत मामिला हेर्ने अन्तराष्ट्रिय ब्यूरो-१ का निर्देशक चाङ जुईछिङको उपस्थितिमिा सो हस्ताक्षर भएको हो ।

समझदारीमा दुवै पक्षले पार्टी निर्माण र राज्यको शासन सञ्चालनमा पारस्परिक सिकाइ र अनुभव आदानप्रदानलाई गहिरो बनाउने प्रतिवद्धता जनाएका छन् । दुवैपक्षले पार्टी निर्माण, र क्याडर प्रशिक्षण जस्ता क्षेत्रमा हालसम्म प्राप्त व्यावहारिक उपलब्धिको माध्यमबाट आ–आफ्ना पार्टीहरूको राम्रो र छिटो विकासलाई प्रवर्द्धन गर्न सहमत भएका छन्।

यस्तै दुवै पक्षहरू पार्टी स्कूल विकासमा अनुभव आदानप्रदानलाई सुदृढ गर्न, क्याडर शिक्षा र प्रशिक्षण प्रणाली, पाठ्यक्रम डिजाइन, संकाय विकास र शिक्षण विधि विकासमा सहकार्य गरी क्याडर शिक्षाको अन्तर्राष्ट्रियकरण र व्यावसायीकरणलाई संयुक्त रूपमा अभिवृद्धि गर्न सहमत भएका छन् । यसैगरी दुवै पक्षहरूले २१औं शताब्दीमा मार्क्सवादको नयाँ विकासलाई प्रवर्द्धन गर्न, मार्क्सवादलाई स्थानीय सन्दर्भ र समकालीन आवश्यकतामा अनुकूलन गर्ने सिद्धान्त र अभ्यासमा केन्द्रित रहन साथै क्षेत्रीय समाजवादी आन्दोलन र राज्य शासन जस्ता विषयमा संयुक्त अनुसन्धान गर्न समेत सहमति जनाएका छन् ।

दुवै पक्षहरूले बहुतहको आदानप्रदान संयन्त्र निर्माण गर्न र उच्चस्तरीय भ्रमण, संयुक्त सेमिनार र विषयगत कार्यशालाहरू मार्फत सैद्धान्तिक आदानप्रदान, शैक्षिक संवाद र अनुभव आदानप्रदानलाई सुदृढ गर्न सहमत भएका छन् ।

सचिव शर्माले नेतृत्व गरेको माओवादी केन्द्रको २० सदस्यीय प्रतिनिधिमण्डल यतिबेला सीपीसी विदेश विभागको निमन्त्रणमा छोङछिङको भ्रमणमा रहेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : ०७ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई