२८ मंसिर २०८२, आइतबार | December 15, 2025

मिश्र र राणालाई रिहाई नगरे आन्दोलन : पशुपतिशम्सेर



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले पार्टीका आफना नेताहरुको रिहाईको माग गरेका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री  धवलशम्सेर राणालाई रिहाई नगरे आन्दोलनमा जाने चेतावनीसमेत उनले दिए ।

पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीसमक्ष शुक्रबार उनले प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको बताए ।

‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो, उनले भने, प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ । यही हक अधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवल शम्सेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको छ,’ पूर्वअध्यक्ष राणाले भने ।

हिरासतमा रहेका उपाध्यक्ष मिश्र, महामन्त्री राणा लगायतका राष्ट्रवादी योद्धाका रिहाइका लागि पार्टीले सडकमा दवाबमूलक कार्यक्रम गर्नुपर्दछ, पूर्वअध्यक्ष राणाले केन्द्रीय पदाधिकारी सहितको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै भने ।
चैत्र १६ गते बसेको राप्रपाको कार्यसम्पादन समितिको वैठकले सरकारले दुई नेतालाई चौबीस घण्टाभित्र रिहा गर्नुपर्ने, रिहा नगरे राप्रपा आन्दोलनमा उत्रने निर्णय गरेको थियो ।

पार्टीको निर्णय बमोजिम झुटा मुद्दामा फसाइएका नेताहरुको रिहाइका लागि राप्रपाले देशव्यापी सडक प्रदर्शन गर्नुपर्ने, सबै राष्ट्रवादी शक्तिहरुसँग एकजुट भएर संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य पुनस्र्थापनाका लागि निर्णायक आन्दोलन गर्नुपर्ने विचार प्रतिनिधिमण्डलमा सहभागी नेताहरुले व्यक्त गरे ।

नेता राणाको निवासमा उपस्थित राप्रपाका नेता, कार्यकताहरुले राप्रपा राष्ट्रिय झण्डा बोकेर आन्दोलनमा होमिनुपर्ने बताएका थिए ।

पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीकोतर्फबाट महामन्त्री कुन्ती शाही, बागमती प्रदेश प्रमुख विक्रम थापा, प्रवक्ता सगुनसुन्दर लावती, कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, वरिष्ठ केन्द्रीय सदस्यहरु जगत गौचन र राजाराम श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, युवा नेता राजु लोहनीले आन्दोलन समयको माग भएको, देश अब आन्दोलन र परिवर्तनबाट पछि फर्कन नसक्ने भन्दै राप्रपा निर्णायक रुपमा आन्दोलनको बिगुल फुकेर अघि बढ्नुपर्ने बताए ।

प्रतिनिधिमण्डलमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु, सांसदहरु, जनवर्गीय संगठनका पदाधिकारी सदस्यहरु, काठमाडौं उपत्यका भित्रका जिल्ला नेतृत्व तह समावेश थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १२ : १२ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर