२८ मंसिर २०८२, आइतबार | December 14, 2025

उपमेयर कप महिला फुटबल प्रतियोगिता : राईजिङ स्टार, कपिलबस्तु फाईनलमा



बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट फुटबल प्रतियोगिता २०८१ मा राईजिङ स्टार क्लब, कपिलबस्तु फाईनलमा प्रवेश गरेको छ ।

एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा बुधबार भएको सेमीफाईनल खेलमा आयोजक बिसपचहत्तर युवा क्लबलाई १-० गोलले पराजित गर्दै राईजिङ स्टार क्लब, कपिलबस्तुको विजयी हुदै उपाधि दाबेदारी पेश गरेको हो ।

राईजिङ स्टारले विहिबार हुने दोस्रो सेमीफाईनलमा एमएससी भारत र ट्रिनेटि युवा क्लब, वालिङको विजेतासंग उपाधिको लागि फाईनलमा खेल्नेछ ।

सिद्घेश्वरी खेल मैदानमा शुरुवातबाट नै आक्रमक खेलमा दुबै टिमबाट राम्रा अवसरहरु गुमाए । खेलको ५५ औं मिनेटमा राईजिङका भुमिका बुढाथोकीले विजयी गोल गरे ।

विहिबार हुने दोस्रो सेमीफाईनलमा एमएससी भारत र ट्रिनेटि युवा क्लब, वालिङको विजेतासंग उपाधिको लागि फाईनलमा खेल्नेछ ।

खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेकी राईजिङकी भुमिका बुढाथोकी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएको संयोजक बुद्घि बहादुर दर्जीले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : २७ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%