२८ मंसिर २०८२, आइतबार | December 14, 2025

पुल्चोक झडप यसकारण भयो



ललितपुर । पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथ रथ बिहीबार नै तान्ने विषय सामाजिक सञ्जालमा यस्तरी फैलियो कि त्यसको अनुमान, न ललितपुर महानगरपालिकाले गर्न सक्यो, न त जिल्ला प्रशासनले नै ।

समयमै रथयात्रा गर्न नसक्नुको कमजोरीका कारण पुल्चोक झडप हुन पुग्यो । रथयात्रा मलमासअघि नै गर्नुपर्ने आवाज उठिरहे पनि बिहीबार भने ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाजलगायत १९ संगठन रथयात्रा हुनेमा अनभिज्ञ नै थिए ।

अघिल्लो दिनदेखि नै रथ तान्नुपर्ने पक्षमा रहेका अभियन्ताले बिहीबार बिहान पुल्चोकमा भेला हुन आह्वान गरिरहेको पोस्ट सामाजिक सञ्जालमा ह्वात्तै फैलियो । पाटनका विभिन्न टोल, कीर्तिपुर, काठमाडौं, भक्तपुर र ललितपुरका सुनाकोठी, लुभु, बुङ्मतीलगायत नेवार समुदायको बस्ती रहेको स्थानबाट युवा एकत्रित भए ।

प्रशासनले निषेधाज्ञा जारी गरे पनि त्यसको कमजोरीको फाइदा उठाउँदै रथयात्रामा सहभागी हुन स्थानीय गल्ली र भित्री सडक हुँदै पुल्चोक आइपुगे । मुख्य सडकमा ‘चेकिङ’ भए पनि भित्री गल्लीमा प्रहरीको आँखा छल्दै उनीहरू एकत्रित भए । पुल्चोकमा रथ निर्माण गरेको र मत्स्येन्द्रनाथलाई रथारोहण गरेको दुई महिना बढी भइसक्यो । कोरोना संक्रमणका कारण रथयात्रा लामो समयदेखि रोकिएको थियो ।

‘पुरुषोत्तम मास’ पनि नजिकिँदै गर्दा मत्स्येन्द्रनाथका ज्योतिष र पानेजुले रथयात्रा त्यसअघि नै गरिसक्न बारम्बार सुझाव दिइरहदा पनि ‘स्थानीय तह र प्रशासनले चासो नदेखाएको’ भन्दै रथयात्रा नभई अलपत्र परेकामा सरोकारवाला चिन्तित छन् ।

जात्राप्रेमी र स्थानीयलाई ‘करुणामय रथ अलपत्र पर्ने हो कि ? भन्ने चिन्ताले सताइरहेकै बेला सामाजिक सञ्जालमा तान्ने विषय उठ्दा केही युवा उत्साहित हुँदै पुल्चोक पुगे । रथ तान्न सडकमा आएका पनि कोरोना संक्रमणप्रति भने सचेत देखिन्थे । तैपनि उनीहरू जोखिम मोलेर ठुलो संख्यामा भेला भए । उनीहरूको इच्छा समयमै रथयात्रा गराएर मलमासअघि नै बुङ्मती पुर्‍याउने देखिन्छ ।

पुल्चोकमा पुगेका युवाले रथयात्रा सञ्चालन गर्नुपर्ने, संस्कृतिमा राजनीति गर्न नहुनेलगायत प्लेकार्ड बोकेका थिए । ‘जनस्वास्थ्य मापदण्ड पालना गरेर रथयात्रा गर्नुपर्ने’ नारा लेखिएको प्लेकार्ड बोकेका उनीहरूले ‘रथलाई अलपत्र नपारौं’, ‘दायित्वबाट कोही नभागौं’, ‘मान्छेलाई कोभिड–१९ फैलाउन आएको होइन’, ‘रथ तान्न नै हुँदैन भने किन रथ बनाएको ?’ भन्दै आक्रोश पोखे ।

केही सहभागीले ‘अब रथ तानिँदै’ भनेर ‘फेसबुक लाइभ’ गरे, यसपछि रथ तान्नेको संख्या थपिँदै गयो । निषेधाज्ञा भए पनि ललितपुर प्रशासनको कमजोरी त्यहा प्रस्ट झल्किरहेको थियो । बिहान नगण्य स्थानीय रहेको स्थानमा मध्याह्न हुन्जेलसम्म भीड उर्लिसकेको थियो ।

रथ तान्न धेरै समुदाय सहभागी हुनुपर्र्नेमा स्वतस्फूर्त आएको भीडले रथ अड्याउन बाँधिएको डोरी खोलेर तान्न थाले । पुल्चोक सडक किनार रहेको रथ केही मिटर परसम्म तानेर बीच सडकमा ल्याइपुर्‍याइयो । तान्दातान्दै डोरी व्यवस्था हुनुका साथै बाजागाजा स्वतस्फूर्त आइपुग्यो । प्रक्रिया धेरै भए पनि भीड कुनै प्रक्रियाबिनै रथ तान्नतिर लाग्यो ।

यत्तिकैमा रथ तान्दै गरेका युवालाई प्रहरीले रोक्न खोज्यो । भीड नाराबाजीमा उत्रियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीफोहोरा हान्न सुरु गर्‍यो । फोहोरा हान्ने गाडी र प्रहरीतर्फ भीड ढुंगामुढासहित जाइलाग्यो ।

भीड उत्तेजित बनेपछि स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याँससमेत प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । झडपमा केही प्रहरी र केही सहभागीलाई चोट लागेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ७ : २० बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई