२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कलाकार ऐरको निधन



कञ्चनपुर । कलाकार तेजा ऐरको शनिबार निधन भएको छ । नेपाली चलचित्रमा खलनायकको भूमिका निभाएका उनको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिए ।

कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए । तीन दशकदेखि सानाठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए । थारू भाषाको चलचित्र ‘मोर बस्ती’बाट यस क्षेत्रमा डेब्यु गरेका ऐरले थारू, नेपाली र भोजपुरी भाषाका झण्डै एक सय चलचित्रमा खलनालयको भूमिका निर्वाह गरेका थिए ।

ऐरले सत्या, हिरासत, विजयपथ, विरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डरलगायत चलचित्रमा अभियन गरेका थिए । विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा समेत उनले अभिनय गरेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ८ : ५७ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%