२५ चैत्र २०८१, सोमबार | April 7, 2025

दशौं डाँफेकप फुटबल : फाइनलमा न्यू डाँफे र नव ज्योति भिड्ने



खजुरा । चैत्र ९ गतेदेखी बाँकेको खजुरामा जारी दशौँ डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको फाइनलमा आयोजक टीम फाइनल प्रवेश गरेको छ । स्वर्गीय गजबहादुर सिजाली स्मृति दशौं डाँफे कपको बुधबार भएको दोस्रो सेमी फाइनल खेलमा आयोजक टिम न्यू डाँफे स्पोर्ट्स क्लबले भ्याली होप डुडुवा राझालाई ०(२ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।

मंगलबार नै फाइनल प्रवेश गरेको नव ज्योति युवा क्लब बैजनाथसंग बिहीबार आयोजक टिमले खेल्नेछ । बुधबार भएको सेमिफाइनल खेलमा न्यु डाँफे स्पोर्ट्स क्लबका तर्फबाट जर्सी नम्बर ५ का दिपेङ्ग सिंह ठकुरीले खेल सुरु भएको दशौँ मिनेटमा पहिलो गोल गरे । न्यु डाँफेकै तर्फबाट खेलको ६० औँ मिनेटमा विदेशी खेलाडी जर्सी नम्बर १३ का ईटुले दोस्रो गोल गरे । आयोजकले सेमिफाइनलमा विदेशी दुई जना खेलाडी मैदानमा उतारेको थियो । स्थानिय खेलाडी र विदेशी खेलाडीको मिक्सिङले थप खेल रोचक बनेको थियो ।

खेलको म्यान अफ द म्याच भने न्यू डाँफेका जर्सी नम्बर १५ का सुनिल आले मगर घोषित भए । खेलाडी सुनिलले नगद ११ सय साथमा ट्रफी मेडल र लेलिन ब्राण्डको टिसर्ट प्राप्त गरे । दशौँ डाँफे कपमा विजेता हुने टिमले नगद १ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन् । यस्तै उपविजेता टिमले ८० हजार ५५५ प्राप्त गर्नेछ । साथमा दुवै टिमले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया, लेलिन ब्राण्डको टिसर्ट , कप, म्यागेजिन झोला सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव बलराम खत्रीले जानकारी दिए । चैत्र ९ देखि २१ गतेसम्म सञ्चालन गरिएको दशौँ डाँफे कपको फाइनल सँगै समापन कार्यक्रम समेत बुधबार सम्पन्न गरिने खेल संयोजक तिलकवीर सुनारले जानकारी दिए ।

समापन कार्यक्रममा विभिन्न सहयोगी दाता, अफिसियल पार्टनर, मिडिया लगायत खेलाडीहरुलाई सम्मानको कार्यक्रम राखिएको न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष हरी प्रकाश विकले जानकारी दिए । प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १० : ०३ बजे

उत्पादन र आर्थिक समृद्धिमा जोडिन बुटवल उपमहानगरका नगर प्रमुख पाण्डेयको आह्वान

बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उत्पादन र

शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक

तिलोत्तमाको गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा रोकको घोषणा घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।