२५ चैत्र २०८१, सोमबार | April 7, 2025

बाँकेमा पहिलो अन्तर विद्यालय पौडी प्रतियोगिता हुँदै



नेपालगन्ज । शिखा एकेडेमी कोहलपुरले काठमाडौं बाहिर पहिलो पटक बाँकेमा जिल्लास्तरीय अन्तर विद्यालय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । पौडी खेलको विकास गर्न भन्दै शिखा एकेडेमीले नेपालगन्ज स्वीमिङ क्लवसँगको समन्वयमा बाँकेका पौडी प्रतियोगिता गर्न थालेको हो ।

चैत्र २३ गते संचालन गरिने प्रतियोगितामा जिल्लाका १५ वटा विद्यालयका ६५ जना विद्यार्थी प्रतियोगितामा सहभागी हुने एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख सूर्यमणि अधिकारीले जानकारी दिए । उनका अनुसार ८, १०, १२, १४ र १७ वर्ष कम उमेर समूहका बिद्यालयका बिद्यार्थीहरुका बीच प्रतियोगिता गराइने छ । प्रतियोगिताका विजेतालाई मेडल तथा प्रमाणपत्र दिइने उनले जानकारी दिए ।

एकेडेमीका सिइओ राजकुमार सुवेदीले शिखाले आठ वटा खेलमा विषयगत शिक्षक राखेर विद्यालयलाई अतिरिक्त क्रियाकलापको हवकारुपमा संचालन गरिएको जानकारी दिए । उनले सबै खेलका लागि विद्यालय परिषरभित्रै मैदान बनाइएको बताए ।

एकेडेमीका अध्यक्ष गोपाल अधिकारीले ५ बिगाहा क्षेत्रफलमा रहेको विद्यालयमा गुणस्तरिय शिक्षाका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद, कला र संगीतलाई समावेश गरिएको बताए । पत्रकारहरुको जिज्ञासामा उनले विषेश सुबिधा सहित बिद्यालय संचालन भएपनि स्थानीय सरकारले ताकेकै मापदण्डमा शुल्क निधाएरण गरिएको जनाए । सबैको पहूँच बिद्यालयमा पुग्न सक्ने उनले दाबी गरे ।

एकेडेमीका प्रिन्सिपल राजीव सुवेदीले घोकन्ते शिक्षा मात्र शिक्षा नभएर ब्यवहारिक ज्ञान र शीपयुक्त सिकाई बिद्यालयको प्राथमिकतामा रहेको बताए ।

काठमाडौं उपत्य बाहिर यसप्रकारका प्रतियोगिता कम हुने गरेकोमा शिखाले पहिलो पटक मोफसलमा फँेडी प्रतियोष्तिाको आयोजना गरेको हो । यसप्रकारको प्रतियोगिताले पौडी खेलाडी उत्पादनमा सघाउ पु¥याउने एकेडेमीका संचालकहरुले बिश्वास लिएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ९ : १३ बजे

उत्पादन र आर्थिक समृद्धिमा जोडिन बुटवल उपमहानगरका नगर प्रमुख पाण्डेयको आह्वान

बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उत्पादन र

शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक

तिलोत्तमाको गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा रोकको घोषणा घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।