२० चैत्र २०८१, बुधबार | April 2, 2025

आईपीएल : डि ककको शानदार ब्याटिङमा कोलकाता आठ विकेटले विजयी



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ । पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताको जितमा ओपनर क्विन्टन डि ककले शानदार ब्याटिङ गरे ।

डि ककले ६१ बलको सामना गर्दै ६ छक्का र आठ चौकाको मद्दतमा ९७ रन बनाए । उनी शतक बनाउन मात्र तीन रनले चुके । यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थान दुई खेलमा अंकबिहीन छ । राजस्थान पहिलो खेलमा नराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो ।

टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले १५२ रनको सामान्य लक्ष्य पाएको थियो । सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा १५३ रन बनाउँदै भेट्टाएको हो ।

कोलकाताले ओपनर मोइन अलीलाई पाँच रनमै गुमाएको थियो । कप्तान आजिक्य रहाने पनि १८ रनमै समेटिए । उसका लागि डि कक र अंगकृष रघुवंशीले तेस्रो विकेटका लागि ८३ रनको विशाल साझेदारी गरेका थिए । यो साझेदारी नै कलकताको पुनरागमन जित निकालेको हो ।

गुवाहाटीस्थित बसरापाटा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए । २८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे । त्यस्तै यशस्वी जैसवालले २९, कप्तान रियान परागले २५ र जोफ्रा आर्चरले १६ रन बनाएका थिए । कोलकताका बलर बरुण चक्रवर्ती, मोइन अली, हर्षित राना र बैभव अरोराले दुईदुई विकेट लिएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ७ : १५ बजे

यस वर्षको एसइई सम्पन्न, असार ७ गतेभित्र परीक्षाफल

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) मंगलबाट सम्पन्न भएको छ

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

जलेश्वर । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत

सांसद बोहराको निधनप्रति राप्रपाले तीन दिन शोक मनाउने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका वरिष्ठ नेता

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मुस्ताङ । मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान ।

ट्र्याक्टर दुर्घटनामा एक किशोरको मृत्यु, चालक गम्भीर

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज