२० चैत्र २०८१, बुधबार | April 2, 2025

कुलमान बर्खास्तीको निर्णय विरुद्ध संसदमा प्रतिपक्षी दलहरूको अवरोध



काठमाडौं । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक बर्खास्ती विरुद्ध संसदमा विरोध गरेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै सबै प्रतिपक्षी दलका सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका शक्ति बस्नेतलाई बोल्न समय दिएका छन् ।

बस्नेतले घिसिङ बर्खास्तीको कडा विरोध गरे । उनले राम्रो काम गर्ने राष्ट्रसेवकलाई पुरस्कृत गर्नुपर्नेमा सरकारले गलत र औचित्यहिन आरोप लगाउँदै अपमानित गर्ने बाटो सरकारले रोजेको उनले बताए ।

बस्नेतले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने बताए । त्यसपछि सबै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका छन् ।

यसअघि आजै बसेको प्रतिपक्षी दलहरुको बैठकले घिसिङ बर्खास्तीको विरोध गर्दै संसदमा विरोध गर्ने निर्णय गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ११ : ४९ बजे

शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली