१७ चैत्र २०८१, आइतबार | March 30, 2025

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गरेको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज एक विज्ञप्ति जारी गरी पार्टीले यस किसिमको निर्णय तत्काल फिर्ता लिन जोडदार माग गरेको जानकारी दिए। “यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो । यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

घिसिङलाई हटाउने निर्णय गरेसँगै पार्टीबारे पनि प्रायोजित दुष्प्रचार गरिएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, “बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई पार्टी खारेज गर्दछ ।’

आमनागरिकमा भ्रम सिर्जना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न चेतावनी दिँदै यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन माओवादी केन्द्रको सबैमा आग्रह छ ।

 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ८ : ३५ बजे

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरु आम्नेसाम्ने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा संचालनमा आज पनि अवरोध भएको छ

बसन्ता खनाल बनिन् प्रथम बुटवल लोकतारा

बुटवल । बुटवलमा सम्पन्न प्रथम बुटवल लोक ताराको उपाधि बसन्ता

पाथीभरा केवलकार निर्माण रोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास