१७ चैत्र २०८१, आइतबार | March 30, 2025

नरैनापुरमा आगलागी, १७ घर जले, आगलागीको मौसम सुरुहुँदा पालिकाको दमकल ग्यारेजमा



नेपालगन्ज । बाँकेको नरैनापुरमा आगलागी भएको छ । पालिकाको वडा नम्बर ४ मा आगलागी हुँदा १७ वटा घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

स्थानीय जुमै खाँको घरबाट सुरु भएको आगो गाउँमा फैलिएको प्रहरीले जनाएको छ । खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिका र कोहलपुृर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए । खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण आगो नियन्त्रणमा लिन मुश्किल परेको सशस्त्र प्रहरी उपरिक्षक चन्दले बताए ।

मंगलबार दिउँसो करिव २ः३० देखि सुरु भएको आगलागी केहीबेर अगाडि नियन्त्रणमा आएको नरैनापुर(४ का वडाअध्यक्ष मनोजकुमार शर्माले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट नष्ट भएका घरभित्र राखिएको अन्नपात, भाडा बर्तन, लुगा लत्ता जलेर नष्ट भएको छ । आगलागीबाट झन्डै ५० देखि ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

आगलागी नियन्त्रणका लागि नेपालगन्ज र कोहलपुरबाट दमकल पठाइएको थियो । आगलागीको मुख्य मौसमका बेला नरैनापुर गाउँपालिकाको दमकल भने बिग्रिएर थन्केको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागि पीडितलाई बुधबार वडाकार्यालय र गाउँपालिकाले राहत सामाग्री वितरण गर्ने वडा अध्यक्ष शर्माले जनाए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : २६ बजे

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरु आम्नेसाम्ने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा संचालनमा आज पनि अवरोध भएको छ

बसन्ता खनाल बनिन् प्रथम बुटवल लोकतारा

बुटवल । बुटवलमा सम्पन्न प्रथम बुटवल लोक ताराको उपाधि बसन्ता

पाथीभरा केवलकार निर्माण रोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च