१७ चैत्र २०८१, आइतबार | March 31, 2025

नेकपा एमाले बुटवल वडा नम्बर ४ र ५ मा जनजागरण अभियान



बुटवल । पछिल्लो समय देशका मुख्य राजनैतिक दलका कार्यकर्ताहरुमा छाएको नैराश्यता हटाउन र अरु पार्टीका गतिविधीहरुमा संलग्न हुनबाट रोक्न पार्टीले विभिन्न कार्यक्रमहरु संचालन गर्न थालेका छन् । खासगरि विभिन्न नामका स्वतन्त्र समुह र राजाबादीहरुका गतिविधीहरु बढ्न थालेपछि मुख्य राजनैतिक दलहरु नेपाली कांग्रेस, एमाले, माओवादी, समाजवादी लगाएतका पार्टीहरुले पनि गतिविधी बढाउन थालेका हुन् ।

यसैक्रममा संघिय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसमर्थन जुटाउने उद्देश्यसहित नेकपा एमालेले केन्द्रदेखि स्थानीय स्तरसम्म गणतन्त्रको रक्षाका लागि जनजागरण अभियान नामक कार्यक्रम संचालन गरेको छ । बुटवल उपमहानगरका विभिन्न वडामा पनि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु टोल-टोलमा पुगेर गणतन्त्रको रक्षाका लागि जनजागरण अभियान संचालन गरिरहेका छन् ।

नेकपा एमाले बुटवल वडा नम्बर ४ र ५ मा संयुक्त रुपमा जनजागरण अभियानमा सहभागी हुँदै नेताहरुले विभिन्न कारण राजाबादीहरु सलबलाएको भन्दै गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने धारणा राखेका थिए । सो अवसरमा पार्टीका नगर समितिका अध्यक्ष शोभाखर पोख्रेल, प्रदेश कमिटि सदस्यहरु जमिल मिया, टंक पराजुली, जिफन्टका हरि बहादुर कार्की, जिल्ला उपसचिव बाबुराम पन्थी, पार्टी नेता खेम लुइटेल, नेदिराम ज्ञवाली, जिल्ला कमिटि सचिवालय सदस्य दुर्गा कार्की लगाएतले बोल्दै नेतृत्वको कमि कमजोरी हटाउदै गणतन्त्रको रक्षाका लागि सबै वाम एक ठाँउमा उभिने र जनचेतना फैलाउने काम गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

नेकपा एमालेले गरेको सर्कुलर अनुशार सोमबार रुपन्देहीको १ सय ५५ वटा वडामा एकैसाथ यो अभियान संचालन गरिएको बुटवल वडा ४ इन्चार्ज तथा जिल्ला कमिटि सचिवालय सदस्य नारायण घिमिरेको भनाई छ । बाम एकतालाई बलियो गर्ने उदेश्यले यहि चैत्र १८ गते बृहत मोटरसाइकल ¥याली गर्ने जस्मा १ हजार १० मोटरसाइकल सहभागी बनाउने र सुनौलीसम्म पुग्ने घिमिरेले बताए । चैत्र २९ गते जिल्ला जनसभा गर्ने लक्ष्य रहेको घिमिरेको भनाई छ ।

 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : ३७ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन