१७ चैत्र २०८१, आइतबार | March 31, 2025

दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज



काठमाडौं । आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।

विशेषगरी अफ्रिकी मुलुकहरूबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिकालगायत विकसित राष्ट्रले मानिसलाई दासका रूपमा काममा लगाएकाले त्यसको उन्मूलनका निम्ति उक्त ऐन पारित भएको सम्झना तथा सधैँ काममा जोतिनुपरेका ती श्रमिकको सम्मान एवं सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

उक्त ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेच्न, स्थानान्तरण, प्रयोग वा दासका रूपमा व्यवहार गर्न, खरिद बिक्री र विनिमयलाई पूर्ण रूपमा निषेध गरेको छ । संसारभरिका श्रमिकलाई ससम्मान पारिश्रमिकसहित काममा लगाउनुपर्नेमा यो दिवसले जोड दिएको छ ।

न्युयोर्कस्थित राष्ट्रसङ्घीय प्रधान कार्यालयमा आज एक कार्यक्रम हुँदैछ । कार्यक्रममा नोबेल पुरस्कार विजेता ओल सोइन्काले प्रवचन दिने कार्यक्रम छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : १७ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन