१७ चैत्र २०८१, आइतबार | March 31, 2025

कुलमानलाई हटाउने सरकारको निर्णयको कांग्रेस महामन्त्री विश्वप्रकाशले राखे विमति



नेपालगन्ज । मन्त्रिपरिषदको बैठकबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने भएको निर्णयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विमति जाहेर गरेका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया पोष्ट गर्दै महामन्त्री शर्माले कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति नभएको जनाएका छन् । कांग्रेस पदाधिकारीबाट बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको उनले उल्लेख गरेका छन् ।

‘केही राम्रा प्रयास छायांमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो, कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो,’ उनले लेखेका छन्, ‘सरकारको यो निर्णय समयोचित विल्कुलै भएन ियसप्रती खुला र प्रष्ट रूपमा विमति छ ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १० : ३४ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन