१७ चैत्र २०८१, आइतबार | March 30, 2025

प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै



काठमाडौं । आज सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ।

प्रधानमन्त्री कार्यालयमा अपरान्ह बस्ने बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बस्ने बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्ति सिफारिस सम्बन्धमा छलफल हुनेछ ।

संक्रमणकालीन न्यायसम्बन्धी कानुन बने पनि कार्यान्वयनका लागि आवश्यक आयोगको पदाधिकारीको नियुक्ति हुन सकेको छैनन् । यसअघि आयोगका पदाधिकारी नियुक्ति सिफारिसका लागि सर्च कमिटी गठन गरिए पनि सो समितिले छनौट गर्न सकेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्नि खरेललाई आफ्नो संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार नियुक्त गरेपछि यो प्रक्रियाले पुनः गति लिन थालेको हो । यसअघि खरेलले शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ८ : ३९ बजे

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरु आम्नेसाम्ने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा संचालनमा आज पनि अवरोध भएको छ

बसन्ता खनाल बनिन् प्रथम बुटवल लोकतारा

बुटवल । बुटवलमा सम्पन्न प्रथम बुटवल लोक ताराको उपाधि बसन्ता

पाथीभरा केवलकार निर्माण रोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास