१७ चैत्र २०८१, आइतबार | March 30, 2025

बुटवलमा थप १ सय ६९ ईरिक्सालाई संचालन अनुमतिपत्र



बुटवल । बुटवल उपमहानगरपालिकाले नगरभित्र अव्यवस्थित ईरिक्सा संचालनको गुनासो आईरहेको बेला व्यवस्थापनको काम थालेको छ । दर्ता र जाचपास जस्ता आवश्यक प्रक्रिया पुरा गरेका १ सय ६९ ईरिक्सा चालकहरुलाई संचालन अनुमतिपत्र वितरण गरिएको हो ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवि अर्याल, यातायात ब्यवस्था कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलसहित विभिन्न सरोकारवाला निकायहरुको प्रतिनिधिसहितको उपस्थितिमा अनुमतिपत्र वितरण गरिएको हो ।

बुटवल उपमहानगरपालिकामा एक हजार ४ सय ४० ई रिक्सा संचालन गर्न सकिने व्यवस्था रहेको भन्दै नगरप्रमुख पाण्डेयले छिटोभन्दा छिटो आवश्यक मापदण्ड पुरा गरेरमात्र ईरिक्सा संचालन गर्न आग्रह गरे । दर्ता नभएका संचालनमा कडाइ गरिने तथा ई रिक्सा जथाभावी चलाउने, जथाभावी भाडा लिने र अनावश्यक व्यवहार गर्नेहरुलाई निरानीमा राखिने उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ३७ बजे

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरु आम्नेसाम्ने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा संचालनमा आज पनि अवरोध भएको छ

बसन्ता खनाल बनिन् प्रथम बुटवल लोकतारा

बुटवल । बुटवलमा सम्पन्न प्रथम बुटवल लोक ताराको उपाधि बसन्ता

पाथीभरा केवलकार निर्माण रोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास

तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको