१४ चैत्र २०८१, बिहिबार | March 27, 2025

बाँकेको डुडुवामा ट्याङ्करको ठक्करबाट २ बालकको मृत्यु, स्थानीयले प्रहरी चौकी सहित ट्याङ्कर जलाए



नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा ट्यांकरले ठक्कर दिँदा एलकेजी पढ्ने दुई बालकहरूको ज्यान गएको छ । अपरान्ह ४ बजेको समयमा भे १ ख ४१०७ नम्बरको ट्याङ्करको ठक्करबाट स्थानीय विशाल गोडीया र शिवकुमार गोडियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट स्थानीय दुई बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्यांकर जलाइदिएका छन् भने बेतहनी चौकी पनि जलाईदिएका छन् । आक्रशित स्थानीयको आक्रमणबाट दर्जनौ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म बेतहनी चोकमा अवस्था नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । स्थिती नियन्त्रणका लागि दङ्गा नियन्त्रण गण खजुराबाट थप प्रहरी घटनास्थल पठाइएको बाँके प्रहरी प्रवक्ता दीपक पतालीलले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ४९ बजे

किसान आयोगप्रति किसानको गुनासो

चितवन । किसानका समस्या समाधानका लागि बनेको किसान आयोग समस्या

छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

तनहुँ । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल

२३ औं तिलोत्तमा गोल्डकप : आज अन्तिम सेमिफाइनल, चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै

बुटवल । जारी २३ औं संस्करणको तिलोत्तमा गोल्डकपमा आज अन्तिम

नरैनापुरका अग्निपीडितलाई सहयोग

नेपालगञ्ज । बाँकेको नरैनापुरका अग्निपीडित १७ परिवारलाई रु १० हजार

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

नवलपरासी । नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण