१६ चैत्र २०८१, शनिबार | March 29, 2025

तिलोत्तमा गोल्डकपमा एपीएफको विजयी शुरुवात



बुटवल । २३ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा विभागिय शसस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा उद्घाटन खेलमा विभागिय शसस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुवात गरेको छ ।

शनिबार पहिलो हाफमा सशस्त्र प्रहरी बल एपीएफ क्लबका टिम क्याप्टेन हरि कार्कीले गरेको एकमात्र गोल निर्णयक बन्यो । निक्कै प्रतिस्प्रर्धात्मक खेलको १७ औं मिनेटमा एपीएफका हरि कार्कीले गोल गरेका थिए । खेलमा राम्रो अवसरहरु गुमाएको आयोजक करेन्ट रुपन्देही-११ खेलमा दबाबमा रहेको थियो । शनिबार दोस्रो हाफ शुरु भएसंगै हावाहुरीका चलेपछि खेल रोकियो । आईतबार भएको दोस्रो हाफको खेलमा रुपन्देही खेलमा फर्कने धेरै अवसरलाई सदुपयोग गर्न चुकेको थियो ।

चार जना विदेशी खेलाडीसहित मैदानमा उत्रेको थियो । खेलमा एपीएफका विशाल गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

आईतबार दिउसो प्रतियोगिताको दोस्रो खेल चर्च ब्याईज युनाईटेड, ललितपुर र नेपाल पुलिस क्लब, काठमाडौंका बिचमा हुने संघका अध्यक्ष लोक पुनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने छ ।

यो वर्ष आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन । चैत १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ९ : ३२ बजे

जिउँदै जलाइएका पत्रकार रजक प्रति बाँकेका पत्रकारको श्रद्धान्जली, दोषीमाथि कारवाहीको माग

नेपालगन्ज । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार

पूर्वराजाले राज्यद्वारा प्राप्त सुविधाको दुरुपयोग गरे : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा

मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो

मुस्ताङ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो

आफ्नो सांसदको रिहाइको माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा