१६ चैत्र २०८१, शनिबार | March 29, 2025

२३ औँ तिलोत्तमा गोल्डकप : हिजो रोकिएकोसहित आज दुई खेल हुँदै



बुटवल । २३ औँ संस्करणको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् । शनिबार उद्घाटन खेलको पहिलो हाफपछि मौसम प्रतिकुलताका कारण स्थगित खेल पनि आज पुनः हुँदै छ ।

शनिबार स्थगित सशस्त्र प्रहरी बल एपीएफ क्लब र आयोजक रुपन्देही ११ बीच बिहान ८ बजे बाँकी खेल भै सकेको छ भने दिउँसो चर्च ब्याईज युनाईटेड ललितपुर र नेपाल पुलिस क्लब, काठमाडौंका बिचमा हुँदैछ । शनिबारको खेलमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले रुपन्देही-११ लाई १-० गोलको अग्रता लिएको छ । निक्कै प्रतिस्प्रर्धात्मक खेलमा १७ औ मिनेटमा एपीएफका क्याप्टेन हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए । रुपन्देही ११ का गोल रक्षक विशाल सुनारलाई बचाउको कुनै अवसरनै नदिई उनले उत्कृष्ट गोल गरेका थिए ।

चार विदेशी खेलाडीसहित मैदानमा उत्रिएको रुपन्देही ११ ले गोल गर्ने उत्कृष्ट अवसरहरुलाई गुमाएको थियो । खेलको ३२ औँ मिनेटमा रुपन्देही ११ का विदेशी खेलाडी लार्वाफ्लोरेनले गरेको उत्कृष्ट प्रहारलाई एपीएफले गोलमा परीक्षण हुन दिएन । यसैगरी ३५ औँ मिनेटमा एपीएफले गोल गर्ने उत्कृष्ट अवसर गुमाएको थियो । ४२ औँ मिनेटमा एपीएफका अनिश महर्जनले गरेको प्रहारलाई रुपन्देहीका खेलाडीले विफल पारिदिए । लगत्तै रुपन्देही ११ ले एपीएफमाथि दबाब बनाउँदै विदेशी खेलाडी वपेयमीले गरेको प्रहार एपीएफका गोल रक्षक विशाल गुरुङले विफल पारिदिए । राम्रो अवसरहरु गुमाएको आयोजक करेन्ट रुपन्देही-११ खेलमा दबाबमा रहेको थियो । दोस्रो हाफ शुरु भएसंगै हावाहुरीका चलेपछि खेल रोकियो । लामोसमय मौसम प्रतिकुल भएपछि खेल स्थगित गर्ने निर्णय भएको संघका अध्यक्ष लोक पुनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने पुनले जानकारी दिए । यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

यो वर्ष आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन । चैत १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख ८८ हजार रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ८ : २२ बजे

जिउँदै जलाइएका पत्रकार रजक प्रति बाँकेका पत्रकारको श्रद्धान्जली, दोषीमाथि कारवाहीको माग

नेपालगन्ज । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार

पूर्वराजाले राज्यद्वारा प्राप्त सुविधाको दुरुपयोग गरे : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा

मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो

मुस्ताङ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो

आफ्नो सांसदको रिहाइको माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा