१६ चैत्र २०८१, शनिबार | March 29, 2025

स्वास्थ्यका लागि प्रातकालिन हिडाई अभियान नेपालगन्जमा : स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि हिँडे वाकाथनमा



नेपालगन्ज । स्वास्थ्यका लागि प्रातकालिन हिडाई भन्ने मूल नाराका साथ शनिबार बिहान नेपालगन्जमा वाकाथनको आयोजना गरिएको छ । बरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर खत्रीको संयोजनमा र चिकित्सक संघ बाँकेको आयोजनामा भएको वाकाथनको बिहान साढे ७ बजे स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरे ।

स्थानीय गणेशमानचोकदेखि वीपीचोक हुँदै वीरेन्द्रचोकमा पुगेर पुनः गणेशमानचोकमा पुगेर कार्यक्रम समापन गरिएको छ । वाकाथनको उदघाटन गर्दै स्वास्थ्यमन्त्री पौडेलले बिहान हिड्दा शरीरमा रोग नलाग्ने भएकाले सबै जनालाई बिहान केही समय हिड्न आग्रह गरे । उनले आफुलाई स्वस्थ राख्न बिहान हिड्ने र खानपानमा ध्यान दिनु पर्ने बताए । मान्छेले सबैभन्दा बढी आफ्नो शरीरलाई माया गर्ने उल्लेख गर्दै मन्त्री पौडेलले शरीरलाई केही हुन नदिन हिँडाईको धेरै सहयोग गर्ने स्पष्ट पारे ।

मन्त्री पौडेल आफै पनि वाकाथन हिडे । प्रहरीको ब्याण्ड टोलीसहित अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियरमा अग्रभागमा राखेर बाँकेका प्रहरी प्रशासन, चिकित्सक, नागरिक समाजका अगुवालगायत वाकाथनमा सहभागी भएका थिए ।

कार्यक्रम संयोजक बरिष्ठ बालरोग विशेषज्ञ डा. खत्रीले स्वास्थ्य सचेतना विस्तार गर्न, नेपालगन्जको पर्यटकीयस्थलको प्रवद्र्धन गर्न र आम नेपाली दाजुभाई दिदीबहिनलाई एकताको मालामा गाँस्ने उद्देश्यले वाकाथन आयोजना गरिएको बताए । दाङका डा. खत्री वाकाथनलाई अभियानको रुपमा लिएर हिडेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १ : २१ बजे

जिउँदै जलाइएका पत्रकार रजक प्रति बाँकेका पत्रकारको श्रद्धान्जली, दोषीमाथि कारवाहीको माग

नेपालगन्ज । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार

पूर्वराजाले राज्यद्वारा प्राप्त सुविधाको दुरुपयोग गरे : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा

मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो

मुस्ताङ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो

आफ्नो सांसदको रिहाइको माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा