१७ चैत्र २०८१, आइतबार | March 31, 2025

एकआपसमा मोटरसाइकल ठोक्किदा दाङमा एकको मृत्यु



दाङ। एकाबिहानै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार यसरी दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरका २२ वर्षीय विवेक सुवेदी रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारमा लगिएको तर उनको उपचारको क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–१६, गुर्जे खोलामा ठोक्किन पुगेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ११ : ५८ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन