१२ चैत्र २०८१, मंगलबार | March 25, 2025

१८ औं संस्करणको आइपिएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं संस्करण आजदेखि सुरु हुदै छ । कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबि) खेल्दैछन् ।

खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुदै छ । यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् । गत डिसेम्बरमा मेगा अक्सनपछि यस सिजनमा केहि हाई प्रोफाइल खेलाडीको फ्रेन्चाइजी परिवर्तन भएको छ ।

जसमा ऋषव पन्तले दिल्ली क्यापिटल्स छोडेर लखनउ सुपरजाइन्ट पुगेका छन् । त्यस्तै यसअघि लखनउबाट खेलिरहेका केएल राहुल दिल्ली पुगेका छन । त्यस्तै कोलकोता नाइट राइडर्सलाई गत सिजनमा उपाधि जिताएका श्रेयस अय्यर यस पटक पञ्जाव किंग्समा पुगेका छन् ।

त्यसैगरी यस सिजनमा केहि फ्रेन्चाइजीको कप्तान पनि परिवर्तन भएका छन् । जसमा कोलकोताले आजिख्य रहानेलाई कप्तान बनाएको छ भने दिल्लीले अक्षर पटेललाई कप्तान बनाएको छ । त्यस्तै लखनउको कप्तानी ऋषवले गर्दै छन् भने पञ्जावको कप्तानी अय्यरले गर्दै छन् ।

यस वर्ष, ६५ दिनमा १३ वटा स्थानमा १० टोलीहरू बीच कुल ७४ खेलहरू खेलाइनेछ, जसमा ७० लिग राउन्ड र चार प्लेअफ खेलहरू समावेश छन् । फाइनलसहित सबै प्लेअफ खेलहरू मे २० देखि २५ सम्म हैदराबाद र कोलकातामा खेलाइनेछ । २००८ मा सुरु भएको यो प्रतियोगिता टी-२० क्रिकेटको विश्वकै ठुलो टी-२० क्रिकेट प्रतियोगिता हो ।

 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ८ : २७ बजे

चैत १५ गते काठमाडौंमा राजावादीले पनि प्रदर्शन गर्ने

काठमाडौं। समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी

जटिल रोग ‘मस्कुलर डिष्ट्रोफी’ को उपचारबारे नीति बनाउन सुझाव समिति गठन

काठमाडौं । मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिष्ट्रोफी’को

गौर अस्पताल १०० बेडमा स्तरोन्नती

रौतहट। मधेश प्रदेशमै उत्कृष्ट गौर प्रादेशिक अस्पताल १०० बेडमा स्तरोन्नती

हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि

बागमती । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही

कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कबाड व्यवसायीहरूले भोग्नुपरेका