१३ चैत्र २०८१, बुधबार | March 26, 2025

बसको सिटमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो



विर्तामोड । झापामा बसमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । झापाको दमकबाट विर्तामोड जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा मृत भेटिएकी महिला मोरङ गछिया बस्ने ४३ वर्षीया सेलिङ चेम्जोङ भएको खुलेको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको दमक-विर्तामोड खण्डको झिलभिलेमा पुग्दा अन्य यात्रुले सिटमा महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शुक्रबार साँझ पौने ६ बजेतिर यात्रुले बसको सिटमै महिला अचेत अवस्थामा ढलेको देखेका थिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । परिवारसँग सम्पर्क गरेर घटना अगाडिको महिलाको स्वास्थ्य अवस्थाबारे बुझ्नेकाम भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : ५२ बजे

नवलपुर यातायात कार्यालयद्वारा कर संकलन अभियान संचालन

कावासोती । यातायात व्यवस्था कार्यालय नवलपुरले कर संकलनलाई व्यवस्थित र

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण चैत १९ गतेदेखि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि

उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

नवलपुर । यहाँको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो

मापदण्ड विपरित अस्पताल चलाउने उमेश साह पक्राउ

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी

समाजवादी मोर्चाको बैठक अपरान्ह ४ बजे

काठमाडौँ । चैत्र १५ गतेका लागि बिरोध प्रदर्शनको तयारीमा जुटेको