१७ चैत्र २०८१, आइतबार | March 30, 2025

पानी दिवसः नेपालगन्जमा पानी बहस हुँदै



नेपालगन्ज । विश्व पानी दिवसका अवसरमा नेपालगन्जमा शनिवार सुक्दै गएको भुमिगत जलस्रोतको अवस्था र दीर्घकालीन समाधानका बिषयमा विषय बिज्ञ र सरोकारवालाबीच पानी बहस हुने भएको छ । ‘लिक्विड हार्मोनी’ शीर्षकमा आसन्न पानीको संकट र व्यवस्थापनका उपाय बिषयमा प्यानल छलफल हुने भएको हो ।

बहसमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, पुर्व मेयर विजयकुमार गुप्त, अभियन्ता डा. विनोद कर्ण र अध्येता डा गंगादत्त नेपाल प्यानलिष्टका रुपमा रहने आयोजकले जनाएको छ । बागमती प्रदेश सरकारमा योजना आयोगका उपाध्यक्ष समेत रहेका डा.नेपाल पानी र जलवायु परिवर्तनमा पिएचडी गरेका अध्ययता हुन् । उनले विगतमा नेपालगन्जको सुक्दै गएको पानीको अवस्थाका बारेमा खोज अनुसन्धान गरेका थिए । बहसको सहजिकरण पत्रकार झलक गैरेले गर्नेछन् ।

आयोजक संस्थाका अध्यक्ष सौगातविक्रम शाहले नेपालगन्जमा बढ्दो जल संकट र यसको दीर्घकालीन असरबारे नागरिकलाई शिक्षित गर्ने, स्थानीय, प्रदेश र संघीय सरकारको भुमिका जल स्रोत व्यवस्थापनमा हुनुपर्ने र सहरी तथा ग्रामीण क्षेत्रमा दिगो जल व्यवस्थापनका समाधानहरु अन्वेषण गर्ने उद्देश्यले बहस कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

‘तीब्र सहरीकरण, वन विनास र अनियन्त्रित पानी उपभोगका कारण स्थानीय जलस्रोतमा संकट देखिएको छ । नदीहरु सुक्दै छन्, भुमिगत जलस्तर घट्दै छ, र जलवायु परिवर्तनले यस समस्यालाई थप संकटोन्मुख गराउँदै छ । ’ शाहले भने, ‘यस्तो अवस्थामा सार्वजनिक जागरुकता कम देखिन्छ । दीगो जल व्यवस्थापनका नीतिहरु कार्यान्वयन हुन सकेका छैनन् । यो कार्यक्रले यही बिषयको उठान र समाधान गर्ने अपेक्षा गरेका छौं ।’

बहस कार्यक्रम समापनसँगै बेलुकी सांगीतिक कार्यक्रम गर्ने आयोजकको तयारी छ । बहस कार्यक्रमलाई सघाउन बेलुकी विवेक लामा र अफरोड ब्याण्डले प्रस्तुति दिनेछ । उक्त कार्यक्रममा उत्साहजनक सहभागिताका लागि आयोजकले नेपालगन्जवासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ४ : १२ बजे

प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरु आम्नेसाम्ने

काठमाडौं । प्रतिनिधिसभा बैठकमा संचालनमा आज पनि अवरोध भएको छ

बसन्ता खनाल बनिन् प्रथम बुटवल लोकतारा

बुटवल । बुटवलमा सम्पन्न प्रथम बुटवल लोक ताराको उपाधि बसन्ता

पाथीभरा केवलकार निर्माण रोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास

तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको