१४ चैत्र २०८१, बिहिबार | March 28, 2025

रुपन्देहीको एक परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिँदै गरेका शान्ति नमुनाका आशिष बानीया पक्राउ



बुटवल । रुपन्देहीको एउटा परीक्षा केन्द्रमा अर्केको नाममा परीक्षा दिन बसेका एकजना पक्राउ परेका छन् । बिहीबारदेखि सुरू भएको एसइई परीक्षा अन्तर्गत भैरहवास्थित श्री रूपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रुपन्देहीको शान्ती नमुना माविमा अध्ययनरत विद्यार्थी आशिष बानियाँ रहेका छन् । बानियाँले भैरहवास्थित श्री सुसंस्कृत माध्यमिक विद्यालयका विद्यार्थी संजय चौधरीका लागि परीक्षा दिन परीक्षा केन्द्र पुगेका थिए ।

संजय चौधरीको नाममा अंग्रेजी विषयको ग्रेडवृद्धिको परीक्षा दिन गएका बानियाँलाई निरीक्षणको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए। चौधरी भैरहवास्थित श्री सुसंस्कृत माध्यमिक विद्यालयका विद्यार्थी हुन्। प्रहरीका अनुसार उनको नाममा परीक्षा दिन आएका बानियाँ २०८० सालको एसइई परीक्षा उत्तीर्ण भई हाल कक्षा ११ मा तिलोत्तमास्थित शान्ति नमूना माविमा अध्ययन गरिरहेका छन् ।

पक्राउ परेका बानियाँलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर शिक्षा ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी राठौरले बताए । अन्य क्षेत्रमा भने बिहीबारको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ९ : ३८ बजे

शुक्रबारदेखि नेपालगन्जमा पहिलो रोजगार मेला

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शुक्रबारदेखि पहिलोपटक रोजगार मेला लाग्ने भएको

डाँफे कप फुटबल : न्यू दर्पण र पशुपति युवा विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

‘नेवाः समुदाय सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको पक्षमा’

काठमाडौँ । नेवाः समुदायले आफुहरु सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व

रुपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

बुटवल । नेपाल प्रहरीको रुपन्देहीस्थित प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा

बुटवल श्री अन्तरप्रदेश शारीरिक सुगठन प्रतियोगिता शनिबार हुने

बुटवल । बुटवलमा ११ औँ बुटवल श्री अन्तरप्रदेश स्तरीय शारीरिक