१२ चैत्र २०८१, मंगलबार | March 25, 2025

चैत १५ गते समाजवादी मोर्चाले गर्ने प्रदर्शन शान्तिपूर्ण हुन्छ : नेत्रविक्रम चन्द



विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन यसलाई जनतामाझ लैजानुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल मोरङद्वारा आज यहाँ आयोजित अन्तरसम्वाद कार्यक्रममा उनले गणतन्त्रबाट आमनागरिकले समान अधिकार पाउनुपर्नेमा जोड दिए ।

महासचिव चन्दले मुलुकमा युगान्तकारी परिवर्तन ल्याउने गणतन्त्र स्थापना नभएको भए मुलुक अझै अन्धकारमै हुन्थ्यो भन्दै राजनीतिक दलका नेताहरूको भनाइ र गराइमा देखिएका अन्तरले अहिले असन्तुष्टि देखिएको जिकिर गरे ।

मुलुक सैद्धान्तिक र व्यावहारिक दृष्टिले पनि सङ्कटमा रहेको बताउँदै उनले समाजवादको लक्ष्य पूरा गराउन पुँजी निर्माण हुनुपर्ने बताए । महासचिव चन्दले सरकार शिक्षा, स्वास्थ्य र रोगगारका विषयमा चुकेको, पुँजी निर्माण र बचतको ज्ञान विस्तार नभएकाले नेपाली जनताले समस्या बेहोरिरहेको धारणा राखे ।

उनले माओवादी, समाजवादी र सबै कम्युनिष्टबीच एकताको प्रयास तथा छलफल भइरहेको जानकारी दिँदै चैत १५ गते समाजवादी मोर्चाले गर्ने भेला शान्तिपूर्ण हुने उल्लेख गरे ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ३ : ३९ बजे

‘जिल्ला प्रशासन कार्यालयप्रति इमान्दारलाई भर लाउने र वेइमानहरुलाई डर मान्नु पर्ने’

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला प्रशासन

तीन महिनापछि भोजपुरमा उडान सुरु

भोजपुर । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित

ग्लोबल मनी विकमा नबिल बैंकले गर्यो देशव्यापी कार्यक्रम, चार हजारभन्दा बढी लाभान्वित

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा

पूर्वाधारको विकास विना विकास सम्भव छैन : प्रधानमन्त्री

पाटन ।प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना

प्रधानमन्त्रीको बारेमा गलत डिस्प्ले देखाएको भन्दै भरतपुर विद्युतका हाकिममाथि आक्रमण

चितवन। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि