१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

आजको मौसम : केही भू-भागमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १४ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ५७ बजे

पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

नवलपरासी । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर

साइन रेसुङ्गा कर्पोरेट कप फुटसलको उपाधी इन्जिनियर्सलाइ

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न

पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

काठमाडौं । मुलुकमा शान्ति स्थापना होस् भन्ने कामनाका साथ पशुपति