२५ चैत्र २०८१, सोमबार | April 7, 2025

रघुजी पन्तद्वारा ज्ञानेन्द्र शाहीलाई बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी



काठमाडौं  । नेकपा एमालेका सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाहीले विरोध गरेपछि पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन चेतावनी दिएका हुन् ।

सांसद पन्तले २०१२ सालमा छापिएको हुलाक टिकटमा चुच्चे नक्शा रहेको तर २०१७ सालपछि पञ्चायतपछि चुच्चे नक्शा हराएको भन्दै त्यसको जवाफ मागेका थिए । उनले गणतन्त्र आएपछि चुच्चे नक्शा ल्याएको बताए । चुच्चे नक्शा छापिएपछि कसरी राष्ट्रियता कमजोर भएको भन्दै पन्तले प्रश्न गरे ।

उनले राजावादीहरुको पछिल्लो आन्दोलनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर प्रयोग गरिएकोबारे पनि प्रश्न उठाउदै भने- ‘तपाईंहरु जुलुश निकाल्नुहुन्छ, राजावादीहरुको भनेर । त्यहाँ यसो हेर्यो, सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश । यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ?’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  २ : २३ बजे

शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक

तिलोत्तमाको गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा रोकको घोषणा घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई