४ चैत्र २०८१, सोमबार | March 17, 2025

पूर्वविशिष्टको बढाउने होइन, सांसदहरुकै सुविधा घटाउनुपर्छ : प्रकाश ज्वाला



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै ज्वालाले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको भन्दै यसबाट सरकार पछि फर्कन सुझाव दिएका छन् ।

पूर्वविशिष्टहरुलाई दिईएको मनोमानी सुविधापनि रोकिनुपर्ने उनको सुझाव छ । उनले सांसदहरुकै सुविधा घटाउन तयार हुनुपर्ने प्रस्ताव राखे । उनले अहिलेका विशिष्ट पदाधिकारीहरुको समेत सुविधा घटाउनुपर्ने बताए ।

ज्वालाले अहिले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र आर्थिक अवस्था जर्जर रहेको भन्दै सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ नभएको आरोप लगाए ।

उनले अहिलेसम्म भूकम्प प्रभावित क्षेत्रका जनताले राहत नपाएको, बाढीरपहिरो पीडितले पनि राहत नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : २४ बजे

पूर्व विशिष्टलाई सेवासुविधा दिन कानुन बन्दै गरेको गृहमन्त्रीबाट स्वीकार

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर

एनआरएनए : मे महिना पछि अर्को अधिवेशन आयोजना गर्छु भन्नु सर्वोच्च अदालतको अवहेलना हुने

काठमाडौँ ।  सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैर आवासीय नेपाली

‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’

काठमाडौँ । नागरिक लगानी कोषले सङ्कलित पुँजी राष्ट्र निर्माण र

लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना

कञ्चनपुर । परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना

मनाङमा एसइई परीक्षा दिनेको संख्या ४६ जना मात्र

मनाङ । यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस