१७ चैत्र २०८१, आइतबार | March 31, 2025

पीएम कपमा आज तीन खेल हुँदै



काठमाडौं । जारी प्रधानमन्त्री (पीएम कप) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदै छन् ।

आज नेपाल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने कर्णाली प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ भने गण्डकी प्रदेशले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ७ : २५ बजे

डाँफे कप फुटबल : नव ज्योति बैजनाथ र भिलेज होप डुडुवा विजयी

खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को

पत्रकार हत्याको बिरोधमा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा पत्रकार

नेपालगन्ज । राजावादीको हिँसात्मक आन्दोलनका क्रममा पत्रकारको हत्या गरिएको विरुद्ध

सर्वदलीय बै‍ठकमा पूर्वराजालाई कारबाही गर्नुपर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा

मिडिया कप तथा साइन रेसुङ्गा कर्पोरेट फुटसल : सोमबार मिडिया कपसहित फाइनल खेल

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा साइन