१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

सगरमाथा संवादको तयारी चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमलाई चुस्त बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सञ्चालनमा आएको सगरमाथा संवादको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त भएको सन्देश अन्तरराष्ट्रिय समुदायसमक्ष दिन निर्देशन दिएका हुन् ।

संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सचिवालय गठन गरिएको छ ।

सरकारले संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरेको छ । सचिवालयका सदस्य सचिव डा. महेश्वर ढकालले कार्यक्रमको हालसम्मको तयारीबारे छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले अन्तरराष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा सगरमाथा संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गरेका थिए । सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ४ : ४२ बजे

पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

नवलपरासी । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर

साइन रेसुङ्गा कर्पोरेट कप फुटसलको उपाधी इन्जिनियर्सलाइ

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न

पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

काठमाडौं । मुलुकमा शान्ति स्थापना होस् भन्ने कामनाका साथ पशुपति