१३ चैत्र २०८१, बुधबार | March 26, 2025

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । डा. राणा सोमबार त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेकी हुन् । उनी भारतमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ गएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुने कार्यक्रम छ ।

भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ ।

भारतमा रहँदा राणाले भारतीय प्रधानन्त्ती नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिने बताइएको छ । नेपालले जेठमा आयोजना गर्न लागेको सगरमाथा संवादका लागि मोदीलाई निम्ता दिने उनको तयारी छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ३ : ०८ बजे

प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा

प्रतिपक्षी दलहरूलाई प्रधानमन्त्रीको कटाक्ष – संसदमा जवाफ दिईंदैन, चिसै पानीले नुहाएहुन्छ

काठमाडौं। प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी

बालविवाह, शोषण, हिंसा, उत्पीडन र बेचबिखनबाट मुक्ति दिलाउन युवतीहरुलाई सिपमूलक तालिम

नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी

इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा

इटहरी । इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ

‘लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य’

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका