२८ मंसिर २०८२, आइतबार | December 14, 2025

महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री राणा



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन ।

अन्तर्राष्ट्रिय महिला दिवस-२०२५ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेकी छिन, “आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न हुने गरेकाले यसलाई तोड्न सबैको सहकार्य आवश्यक छ ।”

नेपालको महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री डा राणाले विकसित मुलुकको तुलनामा नेपाली नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चितता अझै हुन नसकेको बताएकी छिन । उनले विगतदेखि नै आफू महिलाअधिकारका लागि निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन ।

मन्त्री राणाले भनेकी छिन, “महिलाका जायज आवाजहरूलाई सुनिने र देखिने गरी नीतिगत सुधार गर्ने काममा म निरन्तर रूपमा लाग्ने प्रण आजका दिनमा गर्न चाहन्छु ।” उनले ग्रामीण र सीमान्तकृत समुदायका महिलाको क्षमता वृद्धि गरी राज्य सञ्चालनका क्षेत्रमा उनीहरूको पहुँच पुर्याइ किशोरीहरूको भविष्य सुनिश्चिताका लागि एकताबद्ध भएर लाग्न अनुरोध गरेकी छिन ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १० : ४६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%