२ चैत्र २०८१, शनिबार | March 15, 2025

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताएका छन ।

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिदै उनले भनेका छन “लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस मैले गरेको छु ।”

परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवम् सिर्जनात्मक कार्यक्रम आयोजना गर्न जरूरी देखिएको राष्ट्रपतिको भनाइ छ ।

जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्ने हुदाँ यसतर्फ विशेष ध्यान पुर्याउन जरूरी देखिएको राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन ।

उनले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन ।

एक सय १५ औँ अन्तरराष्ट्रिय महिला दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिलाको हक, अधिकारको संरक्षण र प्रवर्द्धनको क्षेत्रमा क्रियाशील सबैमा राष्ट्रपतिले सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन ।

राष्ट्रपतिले सन्देशमा भनेका छन “यस दिवसले हामी सबैलाई महिलाको हक, अधिकार, समानता, सशक्तिकरण तथा सम्मानप्रति पूर्णसंवेदनशील भई कार्य गर्न सबैमा थप ऊर्जा, उत्साह एवम् प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

महिला अधिकार तथा लैङ्गिक समानता प्रवर्द्धनका पूर्णप्राप्तिका लागि हरेक वर्ष आठ मार्चलाई अन्तरराष्ट्रिय महिला दिवसको रूपमा मनाउने गरिएको छ । यस वर्ष अन्तरराष्ट्रिय महिला दिवसको लागि संयुक्त राष्ट्र सङ्घले ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने आदर्श वाक्य तय गरेको छ ।
विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने र महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्यसहित अन्तरराष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ५२ बजे

दूध बेचेर मासिक दुई लाख कमाइ!

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला

सुनिता र बुचलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट

घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

काठमाडौं । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन्

निटफेस्टमा १२ देशका १७ नाटक

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२

वन डढेलो सचेतना सप्ताह सुरु

नवलपरासी । नवलपरासीमा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन