२८ मंसिर २०८२, आइतबार | December 14, 2025

अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश



काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । त्यस्तै श्रेयस अय्यरले ४५, केएल राहुल ४२ रनको योगदान दिए ।

अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले दुई दुई विकेट लिँदा बेन ड्‍वारसुइस र कूपर कोनोलीको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६४ रन बनाएको थियो । उनका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाएपनि जितका लागि पर्याप्त भएन् । त्यस्तै एलेक्स क्यारीले ६१ रन बनाउँदा ट्राभिस हेडले ३९ र मार्नस लबुशेनले २९ रनको योगदान गरे ।

भारतका लागि मोहम्मद शामीले तीन विकेट लिए । त्यस्तै बरुण चक्रवर्ती र रविन्द्र जडेजाले दुई दुई विकेट लिँदा हार्दिक पाण्ड्या र अक्षर पटेलको नाममा एक एक विकेट रह्यो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : ४४ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%