२८ मंसिर २०८२, आइतबार | December 14, 2025

हिमाली जिल्लामा एचपिभी खोप अभियान आइतबारदेखि सुरु हुने

बाँकेमा ३१ दशमलव नौ प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरे



काठमाडौँ । प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही फागुन १८ देखि सञ्चालन गरिने भएको छ । हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयको नियमित भिडियो ब्रिफिङमा मनाङ, मुस्ताङ र हुम्लामा फागुन १८ र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी गराए ।

स्वास्थ्य मन्त्रालयले गत माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले एचपिभी खोप लगाइसकेका छन् । ब्रिफिङमा प्रवक्ता बुढाथोकीले गत असोजमा बाढीबाट प्रभावित जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र ललितपुरका सातवटा स्थानीय तहमा एआई एक्सरेका माध्यमबाट क्षयरोगको सक्रिय खोजपड्ताल शिविर सञ्चालन गरिएको बताए । उनले कुल दुई हजार पाँच सय ९२ जनाको परीक्षण गर्दा १० जनामा क्षयरोग पुष्टि भएको र थप छ सय १५ जनामध्ये ५४ जनाको रिपोर्ट आउन बाँकी रहेको बताए ।

त्यसैगरी उनले बाँकेमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानमा कुल लक्षित जनसङ्ख्यामध्ये ३१ दशमलव नौ प्रतिशतले औषधि सेवन गरिसकेको बताए । उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा लक्षित जनसङ्ख्या दुई लाख ५७ हजार सात सय ६२ मध्ये २७ प्रतिशत, डुडुवा गाउँपालिकामा ४३ हजार नौ सय ७५ मध्ये ४२ दशमलव चार प्रतिशत, नरैनापुर गाउँपालिका ४४ हजार एक सय ४८ मध्ये ४० दशमलव नौ प्रतिशत र बैजनाथ गाउँपालिकामा नौ हजार छ सय ८४ मध्ये २३ दशमलव तीन प्रतिशतले औषधि सेवन गरिसकेको जनाए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ६ : ०० बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको