२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

श्री नरेश्वर महादेव बोलबम धाममा ऐतिहासिक शिवरात्रीमेला मेला लाग्ने



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १६ स्थित ऐतिहासिक श्री नरेश्वर महादेव बोलबम धाममा महाशिवरात्री मेला २०८१ हुने भएको छ । आईतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि मेलाको तयारी पूरा भएको धामका अध्यक्ष पुर्ण प्रसाद पौडेलले बताए । पश्चिमकै महत्वपुर्ण र धार्मिक मेला फागुन १४ गतेबाट २२ गतेसम्म संचालन हुनेछ ।

पुर्खाबाट नै संचालन भएको मेला केवल व्यवस्थापन गर्दै आएको उनले बताए । मन्दिरमा दर्शालुहरुलाई सहज दर्शन र पुजापाठ गर्ने व्यवस्थापन गरिएको उनले बताए । मेलालाई व्यवस्थित गर्न १७ वटा विभिन्न उपसमितिहरु गठन भएको छ । स्थानीय उत्पादन, खेल गतिविधि, रमाईलो र मिठाईका परिकार, खानपिनका साढे पाच सय स्टलहरु रहनेछन ।

कार्यक्रममा सल्लाहकार काशीराम शर्माले द्धापर युगबाट मन्दिरको ऐतिहासिकता जोडिएको बताए । केहि समयपछि बन्धो महतोले मन्दिर निर्माण गरेको उनले बताए । पछिल्लोसमय बि।सं २००१ सालमा जिर्णोद्धार गरिएको बताए । सेमलार गाँउपंचायत रहदा तत्कालिन समयमा यसलाई ब्यवस्थित गर्ने काम शुरु भएको हो ।

कार्यक्रममा समितिका पुर्वअध्यक्ष गगन बहादुर गुरुङ, समितिका उपाध्यक्ष दामोदर पोखरेलले दर्शालुहरुको सहजता हुने गरि व्यवस्थापनमा जोड दिएको बताए ।

कार्यक्रममा धामका सचिव तुल बहादुर चौधरीले मेलास्थलमा निर्माण भएको ९० फिट अग्लो टावरबाट दर्शकहरुलाई दृश्यावलोकन गर्न सकिने व्यवस्थापन गरिएको उनले बताए ।

थारु संस्कृति झल्कने सास्कृतिक कार्यक्रमहरुलाई जोड दिने उनले बताए । नरेनापुरस्थित कपरकट्टी मिनि फेवातालमा डुगा संचालन गरिने उनले बताए । मन्दिर व्यवस्थापन समितिको नाममा रहेको १ विगाहा ४ कठ्ठा क्षेत्रफलमा मुल मन्दिर र मेलास्थल रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ४८ बजे

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको