२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी सङ्कलन



चितवन । देवघाटधाममा माघ महिनाभर सञ्चालन गरिएको देवघाट महा–महोत्सव २०८१ मा रु २७ करोड ४५ लाख ५७ हजार नौ सय ८० सङ्कलन भएको छ ।

आयोजक विश्वजागरण महाअभियान ट्रष्टले आज देवघाटमा गरेको पत्रकार सम्मेलनमा आयव्यय सार्वजनिक गर्दै महा–महोत्सवमा देशका विभिन्न जिल्लाबाट र विदेशबाट आएका भक्तजनबाट सो रकम सङ्कलन भएको जानकारी दिएको हो । यसबाहेक भक्तजनबाट बोलकबोल रु ८० लाख सङ्कलन हुन बाँकी छ ।

महा–महोत्सवका संयोजक डा केशवराज भुर्तेलका अनुसार देश विदेशबाट यहाँ आएका करिब ३० लाख भक्तजनबाट सो रकम सङ्कलन गरिएको हो । उनले महोत्सव सम्पन्न गर्न रु तीन करोड ४८ लाख ४८ हजार एक सय सात खर्च भएको पनि जानकारी दिए ।

मातापिता आश्रम तथा देवघाट दिव्यधाम निर्माणार्थ आयोजना गरिएको महामहोत्सवमा सङ्कलित रकममध्ये ट्रष्टको बैंक खातामा रु २५ करोड ७७ लाख १७ हजार छ सय पाँच र दान पेटिकामा रु एक करोड ६८ लाख ४० हजार तीन सय ७५ जम्मा भएको त्यस अवसरमा जानकारी दिइयो ।

महोत्सवको समयमा देवघाट क्षेत्रमा विभिन्न नौ वटा धार्मिक सङ्घ संस्थाले यहाँ विभिन्न धार्मिक अनुष्ठान तथा आर्थिक एवं जिन्सी सङ्कलन गरेको त्यस अवसरमा जानकारी दिइयो । एक महिना यहाँ भएको धार्मिक महोत्सवले देवघाट क्षेत्रमा मात्र दानसहित डुङ्गा, पार्किङ, होटल, खाजाघर, अस्थायी स्टल, यातायातलगायतका क्षेत्रमा करिब रु दुई अर्ब कारोबार भएको अनुमान गरिएको छ ।

महा–महोत्सवमा सङ्कलन भएको रु ७० लाखभन्दा बढीको जिन्सी सामग्री देशभरका ३० भन्दा बढी गुरुकूल, अनाथालय, अपाङ्ग आश्रम, गौशाला र वृद्धाश्रममा गरी ५० भन्दा बढी संस्थालाई वितरण गरिएको जानकारी दिइयो । ट्रष्टका अध्यक्ष ईश्वरकृष्ण महाराजले भक्तजनको विश्वास टुट्न नदिने गरी काम गर्ने बताए । महोत्सवमा ६७ हजार आठ सय ५९ रसिद काटिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

ईश्वरकृष्णको नेतृत्वमा देवघाट गाउँपालिकामा मातापिता आश्रम निर्माण भइरहेको छ । आश्रममा तीन सय ६५ कोठा निर्माण गरिने जनाइएको छ । त्यसका लागि रु दुई अर्ब खर्च हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ९ : १८ बजे

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको