२५ चैत्र २०८१, सोमबार | April 7, 2025

नेसपा नयाँ शक्तिका नवनिर्वाचित अध्यक्ष डा भट्टराईद्वारा शपथ ग्रहण



काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नवनिर्वाचित अध्यक्ष डा बाबुराम भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष डा भट्टराईलाई निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका हुन् । महाधिवेशनबाट निर्वाचित अध्यक्ष भट्टराईले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराए । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचित पदाधिकारीको नाम औपचारिकरुपमा घोषणा गरिएको थियो ।

पार्टी अध्यक्ष डा भट्टराई सात सय ६१ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । अध्यक्ष पदका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत प्राप्त गरे । उपाध्यक्षमा खस, आर्यतर्फ ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर, उपाध्यक्ष मधेसीतर्फ उमेश साह, महासचिव खुलातर्फ सोनामसिंह स्याङ्तान, सचिव महिलातर्फ आशाकुमारी तामाङ, सचिव खुलातर्फ लक्ष्मण कार्की सन्देश र भरतराज दाहाल तथा कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भएका छन् । मानुषी यमी भट्टराई र दुर्गा सोब यसअघि उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष डा भट्टराईले पार्टीको पहिलो अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले जनक्रान्तिको अभियानको थालनी गर्ने बताए । आजदेखि नयाँ जनअभियान सुरु भएको उल्लेख गर्दै उनले समानुपातिक, समावेशी र प्रत्यक्ष निर्वाचन गराउन पार्टी सफल भएको बताए । यही फागुन १० गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्ने अध्यक्ष डा भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ८ : ४३ बजे

तिलोत्तमाको गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा रोकको घोषणा घोषणामै सीमित

तिलोत्तमा । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले

प्रधानमन्त्रीद्वारा पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधन

रवि लामिछानेलाई भैरहवा जेलको ब्लक नम्बर ४

भैरहवा । रवि लामिछाने अन्ततः कारागार चलान भएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागार चलान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

होटल पौवामा स्वाद उत्सव तथा सम्मान कार्यक्रम

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ