२० चैत्र २०८१, बुधबार | April 2, 2025

अर्थसहित संसदका ८ समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गतका ८ वटा समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार ती सबै समितिका बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुँदै छ ।

बिहान ११ः३० बजेबाट सुरू हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भने माउण्ट एभरेष्ट ब्रुअरी प्रालि‍मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुने जनाइएको छ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयका सम्बन्धमा छलफल गरिनेछ, सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ, जुन बैठकमा । समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल गरिनेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथिको दफावार छलफल जारी रहनेछ । जुन बैठक अपराह्न १२ः१५ बजेबाट सुरू हुने जनाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो १ः३० बजे बोलाइएको छ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै एजेन्डा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरु हुनेछ ।

र, बिहान ११ः३० बजे बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूका बारेमा छलफल हुने सम्बन्धित समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ११ : ०३ बजे

शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली