३ चैत्र २०८१, आइतबार | March 16, 2025

नेप्से परिसूचक १४.०८ अङ्कले घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ । आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् ।

आज जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको नौ दशमलव ९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आठ दशमलव २५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको आठ दशमलव १९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ दशमलव १२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०५ प्रतिशतले बढेको छ ।

साथै आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ४५ खर्ब छ अर्ब १० करोड ९२ लाख सात हजार ९६१ पुगेको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ४ : २४ बजे

‘कांग्रेस कसैको पनि सेवा सुविधा बढाउने पक्षमा छैन’

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कसैको पनि

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

‘सत्ता सञ्चालकका कमजोरीलाई लिएर व्यवस्थामाथि दोष नथुपारौँ’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता सञ्चालकका कमजोरीलाई

घट्यो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

‘उपयुक्त समयमा भूमिसम्बन्धी अध्यादेश संसद्मा पेस हुन्छ’

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले