२८ मंसिर २०८२, आइतबार | December 14, 2025

उपत्यकामा आइसोलेसन बनाउन जटिलता रहेको प्रधानमन्त्रीलाई जानकारी, जटिलता फुकाउने प्रधानमन्त्री ओलीको आश्वासन



काठमाडौं । बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका वारेमा जानकारी गराएको छ।

बागमती प्रदेसका ११ वटा जिल्लामा आइसोलेसन केन्द्र तथा क्वारेन्टाइनको व्यवस्थापन गरेको बागमती प्रदेस सरकारले काठमाडौं र ललितपुरमा पनि आइसोलेसन केन्द्र स्थापना गर्ने तयारीका लागि नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ ,प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. भिम कार्कीलाई जिम्मेवारी दिइएको थियो।

मंगलबार नेपाल सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफलले काठमाडौंमा छ हजार आइसोलेसन बेड तयार गर्ने जिम्मेवारी पाएको सो टोलीले काठमाडौंका विभिन्न स्थानमा आइसोलेसन केन्द्र स्थापनाका लागि निरीक्षण गरेको थियो।

काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका गरिएका तयारीका वारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउदै मुख्यमन्त्री पौडेलले त्यसमा रहेका केहि प्राविधिक जटिलता समाधानका लागि अनुरोध गरेका थिए।

उक्त छलफलमा बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल सहित बागमती प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलाल, प्रतिनिधि सभा सदस्य कृष्ण राई , प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने, प्रदेस सभा सदस्य दिपक निरौला सहभागी रहेका थिए।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका लागी गरेको तयारीका वारेमा जानकारी लिए पश्चात प्रधानमन्त्री ओलीले संघीय सरकारले सबै जटिलता फुकाउन आफु सकारात्मक रहेको टोलिलाई बताएको प्रदेस सभा सदस्य दिपक निरौलाले जानकारी दिएका छन।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १० : ३२ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%