२८ मंसिर २०८२, आइतबार | December 14, 2025

चेपाङ सहिद परिवार सम्मानित



चितवन । नेपाल चेपाङ सङ्घ केन्द्रिय समितिले इच्छाकामना गाउँपालिका–२ हपनीका सहिद सन्तबहादुर चेपाङ र दशरथ चेपाङका परिवारलाई आज सम्मान गरेको छ ।

हपनीस्थित सहिद दशरथ चेपाङको जेठो छोरा किष्टबहादुर चेपाङ र माइलो छोरा सुक्रबहादुर चेपाङ तथा अर्का सहिद सन्तबहादुर चेपाङका छोरा अकिल चेपाङलाई आज सहिद दिवसका अवसरमा एक कार्यक्रमकाबीच दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए ।

बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, वडाध्यक्ष पञ्चबहादुर चेपाङलगायत चेपाङ समुदायका अगुवाहरुको उपस्थितिमा सम्मान गरिएको हो । राजपत्रमा उल्लेख भएअनुसार सन्तबहादुर र दशरथले विसं २०३४ असार ७ गते सहादत प्राप्त गरेका हुन् ।

पञ्चायतविरुद्ध चितवनको जुगेडीमा भएको सङ्घर्षमा सामेल हुँदा उनीहरु सहिद भएका थिए । उनीहरुलाई सहिद घोषणा गर्ने निर्णय सरकारले २०६५ सालको पुस ९ गते गरेको थियो । सहिद घोषणा गरेपनि उनीहरुको परिवारको शिक्षा स्वास्थ्यलगायत पालनपोषणमा राज्यले कुनै सहयोग नगरेको गुनासो छ ।

चेपाङ सहिदको सम्मानका लागि फिस्लिङ– शक्तिखोर सडकलाई चेपाङ सहिदमार्ग राख्नुपर्ने चेपाङ सङ्घको माग रहेको छ । सो अवसरमा बागमती प्रदेशसका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले सहिदको परिवारका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए । साथै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ९ : ४२ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%