२८ मंसिर २०८२, आइतबार | December 14, 2025

तिरिसकेको ऋण असुल्न हिमालयन बैंकबाट बीच सडकमा ‘गुण्डागर्दी’



बुटवल । हिमालयन बैंक लिमिटेडले ऋण असुलीका लागि गुण्डा परिचालन गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । ऋण असुलीको बहानामा सडकमा गुण्डा परिचालन गरेर दादागिरी प्रदर्शन गरिएको भन्दै नवलपरासीका भरत क्षेत्रीले प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।

रुपन्देहीको देवदहमा बीच सडकमा गुडिरहेको गाडीलाई रोकेर अभद्र व्यवहार गरेको भन्दै क्षेत्रीले ईलाका प्रहरी कार्यालय खैरेनीमा उजुरी दर्ता गराएका हुन् । आफुले २ वर्ष पहिले नै भुक्तानी गरिसकेको कर्जा माग्दै सडकमा आफ्नो गाडी रोकेर दुर्व्यवहार गरिएको क्षेत्रीले बताए । क्षेत्रीको उजुरीका आधारमा प्रहरीले बैंकका प्रतिनिधि बताउने सञ्जीव लामा नाम गरेका युवासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उनी सवार बागमती प्रदेश ०१–०२६ च २१४६ नम्बरको कारलाई रोकेर २ वर्ष अगाडि नै चुक्ता गरेको ऋण मागेपछि आफु झस्किएको उनले बताए ।

घटनाका विषयमा हिमालयन बैंक सुनवल शाखामा कार्यरत लोन शाखाका म्यानेजर सन्दीप पाण्डेलाई फोन गर्दा भरतबाटै कुरा बुझ्न आग्रह गरे । उनले घटना सम्बन्धमा भरत क्षेत्री संगै बुझ्नुस भन्दै मोबाईल काटे ।

प्रहरी चौकी खैरेनीका प्रमुख प्रहरी निरीक्षक एक्काबहादुर नेपालीले ऋण असुलीकै लागि पनि बाटोमा गाडी रोक्न नपाईने बताए । उनले घटनामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरेर भोलि हाजीर गराउने गरि बैंकको जिम्मा लगाइएको बताए । उनका अनुसार उजुरी कर्ता क्षेत्रीले २ वर्ष अगाडी नै कर्जा हिमालय बैंकबाट प्रभु बैंकमा सारेपनि हिमालय बैंकले लेजरमा लागत कट्टा नगरेर कर्जा देखाएको पाईएको छ । अर्को बैंकमा सरिसकेको कर्जा असुलीका नाममा बाटाघाटामा गाडी रोकेको देखिएको व्रहरी निरीक्षक नेपालीले बताए ।

हिमालयन बैंकबाट लोनमा गाडि किनेका उनले २ वर्ष अघिनै चुक्ता गरे पनि बैंकको पैसा उठाउने नाम लिष्टमाआफ्नो गाडी समेत परेको भन्दै बीच सडकमा रोकेर अभद्र व्यवहार गरेको उनले गुनासो गरे । असुलीको पत्र समेत आफुलाई नपठाएको र खातामा देखिएपनि प्रहरी मार्फत आफुलाई झिकाउन सकिनेमा बैंकले गुणडागर्दी गरेको क्षेत्रीले बताए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ६ : ३६ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको