१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला



काठमाडौं । अछाममा दुई किशोरी मृत फेला परेका छन्।

शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्।

ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको हो।

‘अलग-अलग स्थानमा किशोरीको शव फेला परेको छ,’ अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले भने, ‘प्रहरी घटनास्थल पुगेको छ।’

शव शनिबार साँझ फेला परेको भए पनि रातको समयमा अनुसन्धान गर्न कठिन भएकाले आइतबार जिल्लाबाट टोली हिँडेको उनले बताए।

‘अन्दाजी १४-१५ वर्षका दुई किशोरी रहेको भन्ने बुझियो, मृत्युको कारण के हो भन्ने यकिन भन्न सकिएन,’ उनले भने, ‘शवलाई सुरक्षित राख्ने काम मात्रै भएको छ, बाँकी अनुसन्धान गर्न बाँकी छ।’

भण्डारीका अनुसार उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जंगल गएका थिए। बेलुका बाख्रा-पाठा घर फर्किए तर किशोरी फर्किएनन्।

शनिबार आफन्त तथा गाउँले किशोरीको खोजीमा निस्किँदा शव फेला पारेको भन्दै प्रहरीलाई खबर पुगेको थियो।

‘गाउँलेले दुई जनाको शव फेला पारी पहिचान गरेपछि प्रहरीलाई खबर आएको थियो,’ भण्डारीले भने।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : २४ बजे

‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका साथ बाँकेमा पत्रकारहरुको होली

नेपालगञ्ज । ‘खेलौं रंग रमेर, बढाऔं सद्भाव जमेर’ भन्ने भावका

‘वैदेशिक भ्रमणमा रोक लगाउने राखेपको पत्राचार असंवैधानिक’

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले संस्थाका पदाधिकारी तथा सदस्यलाई वैदेशिक

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले ‘स्मार्ट शिक्षा नीति’

डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा.

HIV doctors urge US to reverse ‘catastrophic’ funding cuts

PARIS: Hundreds of HIV doctors and researchers have called on