२८ मंसिर २०८२, आइतबार | December 14, 2025

डिजेल बोकेको ट्याङ्करको ठक्करबाट दुईजनाको मृत्यु



नेपालगन्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुम सडकखण्डमा ट्यांकरले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको ज्यान गएको छ ।

राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीखोलामा डिजेल लोड गरेर दाङतर्फ जाँदै गरेको ना ८ ख नम्बरको ट्यांकरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । जिल्ला ट्राफिक प्रहरी बाँकेका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नन्दप्रसाद पोखरेलले घाइते दुबैजनाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

वरिष्ठ नायब निरीक्षक पोखरेलका अनुसार मृत्यु हुनेमा कैलालीको धनगढी–१४ का अन्दाजी ३३–३४ वर्षका रुपेश बस्नेत र सोही उपमहानगरपालिका–३ का अन्दाजी ४५–४६ वर्षिय घमण शाही रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ दाङ जाँदै गरेको उक्त ट्यांकरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरु दुबै जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने ट्यांकर र चालकलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : २५ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%