२८ मंसिर २०८२, आइतबार | December 14, 2025

माछापुच्छ्रे बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न



काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभासम्पन्न भएको छ । बैंकको मिति पौष २८ गते आइतबार होटल पोखरा ग्राण्ड, पोखरामा आर्थिक वर्ष २०८०८१ को वार्षिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको हो । उक्त साधारण सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठ लाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ ।

बैंंक सञ्चालक जय मुकुन्द खनालले  स्वागत मन्तव्य राख्नु भएको उक्त सभामा अर्का सञ्चालक मुकुन्द महतले जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन के.सीले प्रविधिको विकास संगसंगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पु¥याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडी बढिरहेको जानकारी गराए ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ९ : ०६ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई